अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भूपू विद्यार्थीको पुर्णामृत स्कुलमा सहयोग

 
रेडियो आँधीखोला
वालिङ, २७ कार्तिक ।
स्याङ्जाको वालिङ स्थित पुर्णमृत भवानी माध्यमिक विद्यालयलाई भूपू विद्यार्थीहरुले सहयोग गरेका छन् । विद्यार्थी भाइबहिनीहरुलाई शुद्ध खानेपानीका लागि सहयोग पुगोस भन्दै भूपू विद्यार्थीहरुले ८ थान वाटर डिस्पेन्चर सहयोग गरेका हुन् । विद्यालयमा अध्ययनरत २०६२ का एसएलसी परिक्षामा सम्मिलित भूपू विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी ८ थान फिल्टर हस्तान्तरण गरेका छन् । दामोदर तिवारीको नेतृत्वमा पुगेको भूपू विद्यार्थीको समुहले विद्यालयका प्रधानाध्यापक दीपक लम्साललाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
भूपू विद्यार्थीको सहयोगले विद्यालयलाई गुणस्तर शिक्षा प्रदानमा उत्हासह जागेको विद्यालयका प्रधानाध्यापक लम्सालले बताउनुभयो । यस्ता सहयोगले विद्यालय र भूपू विद्यार्थी विचको आत्मियता अझै सुमधुर हुने धारणा लम्सालको थियो । सरकारी विद्यालय भएपनि विद्यार्थीका लागि प्रयाप्त आधरभुत सामाग्री नुहँदा कठिनाई भोग्नु परिरहेका बेला भूपू विद्यार्थीहरुले आफ्ना भाइबहिनीहरुका लागि शुद्ध र तातो पानीको व्यवस्थापनलाई सहज बनाउने काम भएको लम्सालले बताउनुभयो ।
२०६२ सालका २२ जना सम्मिलित विद्यार्थीहरुबाट सहयोग उठाएर विद्यालयलाई फिल्टर सहयोग गरेको भूपू विद्यार्थी राजेश्वर तिवारीले बताउनुभयो । हामीले पढ्दाको कठिनाई सम्झेर हाम्रा भाइबहिनीले त्यो दुःख भोग्न नपरोस भनेर हामीले खानेपानी फिल्टर सहयोग गरेको तिवारीले बताउनुभयो । आगामी दिनमा पनि विद्यालयमा आवश्यकता अनुसारको सहयोग रहिरहने तिवारीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...