अहिले तरंगमा

केहि छिनमा

समाचार

फरार कसुरदार पक्राउ

news

 
रेडियो आँधीखोला
वालिङ, २९ कार्तिक । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार कसुरदारलाई नियन्त्रणमा लिई कारबाहीका लागी अदालत पेश गर्ने अभियानलाई तिव्र पारेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि प्रहरीले यो अभियान चलाएको हो । प्रहरीले दैनिकजसो फरार व्यक्तिलाई नियन्त्तणमा लिईरहेको छ । 
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अप्रेसन टोलीले अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ३ जनालाई नियन्त्रणमा लिएको छ भने एकजनाको लगत कट्टा गरेको छ ।  साविक पेल्काचौर गाविस ७ हाल पुतलीबजार १२ का मोतिबादुर गुरुङको लगत कट्टा गरिउको हो । 
गुरुङले जबरजस्तीकरणी मुद्धामा ९ वर्ष ११ महिना १७ दिन कैद भुक्तानी गर्न बाँकी थियो । त्यस्तै पुतलीबजार नगरपालिका वडा नं. १२ का २८ वर्षीय मनकाजी गुरुङ, पुतलीबजार ११ १२ कै ५५ वर्षीय चन्द्रावली गुरुङ र वालिङ ८ का ५५ वर्षीय गोमती सुवेदीलाई प्रहरीले नियन्त्तणमा लिएको हो । नियन्त्रणमा लिईएका मनकाजी लागूऔषध, चन्द्रावली ठगी र गोमती अंश दपोट मुद्धाका हुन् । 
यसैबीच भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् ।  गल्याङ ९ डुविनडाँडा कल्लेरी स्थितमा हातहतियार देखाई मार्ने धम्की दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङ् स्याङ्जाबाट खटिएको प्रहरी टोलीले ३६ वर्षीय रामप्रसाद भट्राईलाई पक्राउ गरेको हो । भट्राई एक नाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् । भट्राईलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट दिन १० (दश) को म्याद थप अनुमति लिई आवश्यक कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...