समाचार
नदिजन्य पदार्थ ओसार–पसारमा संलग्न ट्याक्टर नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, ३० कार्तिक ।
नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसार–पसार गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन तथा ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार १४ आँधिखोला किनारबाट ग. १ त. ४२७३ नम्बरको ट्याक्टरमा गिट्टी÷वालुवा लोड गरी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।