अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

उत्तरगण्डकी महामेला तथा दामोर धर्मोत्सवमा ८८ लाख ९१ हजार बचत

news

 
वालिङ, ३० कार्तिक । 
उत्तरगण्डकी महामेला तथा दामोर धर्मोत्सव २०८२ को आयव्याय सार्वजानिक गरिएको छ । कालिण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनमा अशोज २१ देखि कार्तिक १९ गतेसम्म स्याङ्जा र पाल्पाको संगलस्थल अर्सेदी स्थित उत्तरबाहिनीमा आयोजित धर्मोत्सवमा २ करोड ३९ लाख ८५ हजार ९२२ रुपैँया आम्दानी भएको छ । 
आम्दानीतर्फ रसिदबाट १ करोड ४९ लाख ८५ हजार ८७२, चेक तथा बैंकिङ प्रणालीबाट ३२ लाख ९६ हजार ९२८, दानपेटिकाबाट १३ लाख २० हजार ४१६, आरती कर्ताबाट ७ लाख ८१ ह्जार ४८८,कलश विक्रिबाट २ लाख १ हजार ८०५, स्टल विक्रिबाट ३५ हजार ४००, चामल आटा विक्रिबाट १ लाख ७५ हजार ७००,बाँकी आम्दानी ११ लाख ५८ हजार ८५४, अन्य आम्दानी ५ लाख ६३ हजार, शालग्राम विशेष अनुदान १४ लाख ६६ हजार ४५९ गरी २ करोड २९ लाख ८५ हजार ९२२ आम्दानी भएको हो । जसमा आम्दानी मध्ये १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च गरी ८८ लाख ९१ ह्जार ८४५ रुपैँया बचत भएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो । 
त्यस्तै खर्चतर्फ प्रचारप्रसार सामाग्री तथा विविध छपाई ४ लाख १६ हजार ६००, साउण्ड सिष्टम तथा एलईडि स्क्रिनतर्फ १३ लाख ५० हजार, पण्डाल, टेण्ट, कुर्चि, गेट, लाईट, मंच सजावटतर्फ २० लाख ५६ हजार ६५०, अस्थायी संरचना निर्माण यज्ञ, धारा मण्डप, सौचालय कुम्भ स्थल आदीमा ७ लाख २७ हजार ४१५, पूजा सामाग्रीमा ९ लाख ४४ हजार २८०, भण्डारा महाप्रसाद प्रसाद खाद्यान्न सामाग्रीतर्फ १६ लाख ९२ हजार ३०२, फर्निचरतर्फ दानपेटिका, व्यास, आसन, टेबल, ढोकाका खापा आदीमा २ लाख २३ हजार ७००, कपडातर्फ सिरक, डसना, सिरानी, ब्ल्यांकेट, पिफर्मआदीमा १ लाख १७ हजार ६२५, 
४३ हजार ४६१ सालग्राम खरिदमा १२ लाख १५ हजार २५, सम्मान सामाग्री खरिदमा ७ लाख ५ हजार २०५, तलब भत्तामा ४ लाख ९ हजार ८५०, डिजल पेट्रोल इन्धनमा ३ लाख २९ हजार १२६, व्यासचार्य, पण्डित, गुरु र आरती दक्षिणामा १६ लाख ९३ हजार ५२१, कलाकार, उदघोषक र बाजातर्फ दक्षिणा ९ लाख ६० हजार १०५, भान्छे, नियमित सरसफाईतर्फ दक्षिणा, ७ लाख ११ हजार, गाडी मर्मत सर्भिसिङ ३८ हजार ४००, स्टेशनरी मसलन्दतर्फ ३३ हजार ३५२, यातायात तथा ढुवानीमा ३ लाख ३ हजार ९००, 
इन्टरनेट टेलिफोनतर्फ २८ हजार २२०, खानेपानी विद्युत महशुल तथा विजुलीको सामानतर्फ ६४ हजार ७४१, जेसिभितर्फ २ लाख १९ हजार २१०, कम्प्युटर तथा सिसि क्यामेरा २ लाख २५ हजार, मिडिया खर्च ४ लाख ७३ हजार ६००, भ्रमण खर्च १ लाख ५५ हजार २५० गरी कुल १ करोड ५० लाख ९४ हजार ७७ रुपैँया खर्च गर्दै दामोदर धर्मोत्सवमा ८८ लाख ९१ ह्जार ८४५ रुपैँया बचत भएको कोषाध्यक्ष हेमराज अर्यालद्धारा प्रस्तुत आयव्याय प्रतिवेदनमा जानकारी दिईएको थियो । 
धर्मोत्सवले उत्तरबाहिनीको महिमाका विषयमा थप प्रसार प्रसार हुनुका साथै तिर्थको पनि तिर्थ उत्तरबाहिनीको दर्शनबाट लागी देशभरबाट तथा देशबाहिरबाट पनि भक्तजनहरुको अभुतपुर्व सहभागिताले धर्मोत्सव सफल भएको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चेतन्यकृष्णले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...