समाचार
उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
रेडियो आँधीखोला
वालिङ, २ मंसिर ।
वालिङ नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । आधारभुत तथा माध्यमिक शिक्षा परिषद एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सोमबार सिटीहलमा एक कार्यक्रम गरी सम्मान गरिएको हो । २०८१ मा कक्षा ८ र कक्षा १० तथा एसईई परिक्षामा २५ जना भन्दा बढी विद्यार्थी सहभागि बनाई अनिवार्य विषयहरु गणित, विज्ञान, सामाजिक, अंगे्रजी, नेपाली गरी ५ विषयहरुमा सतप्रतिशत विद्यार्थी उर्तिण बनाउने १९ जना शिक्षक नगद ५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित हुनुभएको हो ।
सम्मानित हुनेहरुमा सगरमाथा माविका अनिलकुमार राना, टेकराज सुवेदी, विक्रम तिवारी, पाईनियज माविका शंकर खनाल, रामचन्द्र अधिकारी, भुपूसैनिक माविका तिलबहादुर राना, बालविद्या विकास माविका सविना रानामगर, राम सजिवन चौहान, गणेश तिवारी र छविलाल चापागाई, पिस जोन इन्टीग्रेटेड माविका यामप्रसाद डुम्रे, राजकुमार सिके, कृष्ण पाठक र श्यामप्रसाद ढुंगना तथा संस्थागततर्फ राष्ट्रिय माविका नेत्रनारायण रेग्मी, महेन्द्र माविका श्रीराम ढकाल र टेकराज अधिकारी, बालसिद्ध माविका रेशम रेग्मी र भुम्रे माविका रिता गैह्रे खनाल सम्मानित हुनुभएको हो । सम्मानित हुनेहरुमा ५ जना सामुदायिक र १४ जना संस्थागत विद्यालयका शिक्षकहरु रहेका छन् ।
त्यस्तै कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत विद्यालयतर्फ ३.९४ जिपिए ल्याउने सगरमाथा आवसिय माविका छात्रा आरुसी केसी र छात्र आर्य श्रेष्ठ गरी २ जना र सामुदायिक तर्फ उपल्लो पेखु माविकी ३.९३ जिपिए ल्याएकी छात्रा समृद्धि पौडेल सम्मानित भएका छन् । सम्मानित विद्यार्थीहरु समान १०÷१० हजार नगद, सम्मानपत्रले सम्मानित भएका हुन् ।
यस्तै एसईई परिक्षामा उत्कृष्ट नजिता ल्याउने नेपाल आर्दश माविका अप्सन सुवेदी छात्र र पाईनियज माविका छात्रा प्राप्ती काफले ४÷४ जिपिए ल्याउने र सामुदायिक तर्फ ३.८८ जिपिए ल्याउने पुर्णामृत भवानी माविका छात्रा सन्ध्या मरासिनी नगद १५÷१५ हजार र सम्मानपत्रले सम्मानित भएका हुन् । त्यस्तै २०७९ सालमा बैशाख ३१ देखि हालसम्म अवकास प्राप्त गर्ने ३५ जना शिक्षकहरु पनि सम्मानपत्र र दोसल्लाले सम्मानित भएका छन् । त्यस्तै आधारभुत र उच्च माध्यमिक शिक्षा परिषदमा सतप्रतिशत उर्तिण बनाउने, उत्कृष्ट जिपिए ल्याउने र २५ जना भन्दा धेरै विद्यार्थी उर्तिण बनाउने विद्यालयहरु पनि सम्मानित भएका छन् । उत्कृष्ट विद्यालयहरुमा संस्थागत तर्फ नेपाल आर्दश मावि र सामुदायिकतर्फ उपल्लो पेखु मावि सम्मानित भएका छन् ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले शिक्षाको विकास बिना नगरको विकास संभव नरहेको बताउनुभयो । शैक्षिक विकासका लागी नगरपालिकाले उचित योजनाका साथ अगाडि बढ्ने बताउँदै शैक्षिक गुणस्तरका लागी सम्मान पनि एक आवश्यक पक्ष रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख कविता तिवारी गैह्रेले सम्पुर्ण विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई बधाई दिँदै नगरपालिकाको शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरुलाई अतिरिक्त कक्षा संचालनको लागी ८ लाख रकम विनियोजना गरिएको जानकारी गराउनुभयो । त्यस्तै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुका लागी निःशुल्क विद्यालय पोसाकको व्यवस्था, रुम टू रिडको कार्यक्रम विस्तार गरिएको पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ५ का अध्यक्ष तथा शिक्षा समिति सदस्य छविलाल आले, शिक्षा समिति सदस्य होमकान्त कोईराला, रणबीर माविका प्रअ तथा शिक्षा समिति सदस्य लक्ष्मीप्रसाद रेग्मी, सरस्वति माविका प्रअ तथा शिक्षा समिति सदस्य यामबहादुर कुँवर, पाईनियज माविका प्रअ तथा शिक्षा समिति सदस्य मेघराज गैह्रे, शिक्षा समिति सदस्य भुपराज बगाले, प्याब्सन केन्द्रिय सदस्य तथा नेपाल आर्दश माविका प्रअ होमकान्त गौतमलगायतले बोल्नुभएको थियो । नगरप्रमुख खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्ले र संचालन शिक्षा अधिकृत दुर्गाकुमारी न्यौपानेले गर्नुभएको थियो ।