अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

फरार कसुरदार धमाधम पक्राउ पर्दै

 
रेडियो आँधीखोला
वालिङ, ३ मंसिर । 
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले फरार कसुरदारलाई धमाधम पक्राउ गरेको छ । अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारवाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको प्रहरीले दैनिक जसो फरार कसुरदारलाई पक्राउ गर्दै आएको  छ । प्रहरीले मृत्यु भएकाहरुकोे लगत कट्टा गरेको छ भने जिवित रहेका कसुरदारलाई बाँकी कैद तथा जरिवानाको लागी अदालतमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जो जनाएको छ । वालिङ १२ का गम्भीर सिंह गुरुङ भन्ने गम्भरसिंह गुरुङ, भीरकोट १ का रामबहादुर विक भन्ने रामु विक,  पुतलीबजार १० का डुलबहादुर गुरुङ र पुतलीबजार ७ का डोरबहादुर कार्कीको लगत कट्टा गरिएको हो । 
गम्भर सिंह नकबजनी मुद्धामा १ महिना १५ दिन कैदसजाँय र रामबहादुर विक पनि नकबजनी मुद्धामा १ वर्ष २ महिना १ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने पुतलीबजारका डुलबहादुर वन मुद्धाका कैदी थिए । त्यस्तै डोरबहादुर पनि नकबजनी मुद्धाका कैदी थिए भने डोरबहादुरबाट ४ लाख ३६ हजार ७२५ जरिवाना असुल गर्न थियो । त्यस्तै पुतलीबजार १३ का ४० वर्षीय भुवनेश्वर गौतम पक्राउ परेका छन् । गौतम सार्वजानिक अपराधका कैदी हुन् । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले जिल्ला स्थित आफ्ना मातहतमा रहेका प्रहरी कार्यालयहरुलाई फरार कैदी पक्राउ अभियानमा कडाईका साथ परिचालन गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...