समाचार
भीरकोट नगरपालिकाद्धारा अनुदानमा आलु र गहुँको बीउ वितरण
रेडियो आँधीखोला
वालिङ, ५ मंसिर ।
भीरकोट नगरपालिकाले अनुदानमा आलु र गहुँको बिउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र आलुको बिउ वितरण गरेको हो । ५० प्रतिशत अनुदानमा एमएम जातको आलुको बिउ ८० किलो, जनकदेव जातको आलुको बिउ ११२ क्विन्टल, कार्डिनल जातको आलुको बिउ १३०.५ क्विन्टल वितरण गरेको हो । त्यस्तै गहुँको बिउ २ हजार ६२२ किलो वितरण गरिएको नगरपालिका कृषि प्राविधिक सहायक सुजना पौडेलले जानकारी दिनुभयो ।
१८० किलो गौतम जातको गहुँको बिउ र २ हजार ४४२ स्वर्गद्धारी जातको गहुँको बिउ वितरण गरिएको पौडेलले बताउनुभयो । कृषकलाई व्यवसायिक रुपमा कृषिक्षेत्रमा अभिवृद्धिको लागी गहुँ तथा आलुको बिउ वितरण गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । कृषि नै समृद्धिको आधार भएकाले कृषकहरुलाई व्यसायिक रुपमा अगाडि बढाउनका लागी विभिन्न बिउ विजन तथा प्राविधिक सहयोगहरु गर्दै आईएको भन्दै कृषकले उत्पादन गरेका उपजहरुको पनि नगरपालिकाले बजारीकरणको लागी सहयोग गर्ने प्रमुख कर्माचार्यले बताउनुभयो ।