समाचार
चापाकोटमा कृषक पोषण पाठशाला संचालन, एक सय किसान लाभान्वित हुने
वालिङ, ७ मंसिर ।
स्याङ्जाको चापाकोट नगरपालिका १० मा कृषक पोषण पाठशाला कार्यक्रम सञ्चालन गरिएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना (ल्ब्ँज्ब्) अन्तर्गत न्ब्ँक्ए को आर्थिक सहयोग तथा ध्ँए को प्राविधिक सहयोगमा कृषक पोषण पाठशाला सञ्चालन गरिएको छ । २५ जना सदस्य सहभागी पाठशालाको अध्यक्ष प्रेम नारायण पंगेनी रहनु भएको सहजकर्ता प्रार्थाना श्रेष्ठले बताउनु भयो ।
पाठशालामा काउली, बन्दा, ब्रोकाउली, केराउ, चौमासे सिमी, मुला, चुकन्दर, गाजर, रायो, पालु्ङ्गो र धनिया लगायतका बालीहरूको रोपाइ तथा बिरुवा लगाउने कार्य भइरहेको छ । पोषण पाठशाला चार स्थानमा सञ्चालन हुनेछ । वडा १ र १० को सातदोबाट वडा २, ८ र ९ को रैकर खेत ६ र ७ को रिमाल्डी ३, ४ र ५ को दार्सिङ गरि १ सय किसान नाफा कार्यक्रममार्फत तालिम, व्यावहारिक अभ्यास र पोषण–सम्बन्धी सिकाइमा सहभागी हुने नाफा कार्यक्रम सहजकर्ता प्रभा भडारीले जानकारी दिनुभयो ।