समाचार
प्रथम चौमासिक अवधीको सार्वजनीक
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर ।
स्याङ्जाको आधिखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ अन्तरर्गतको प्रथम चौमासिक अवधीको सार्वजनीक सुनुवाई कार्यक्रम पन्चमुलमा सम्पन्न गरेको छ । पालिकाले यो अवधीमा गरेका प्रगतीहरु तथा सुझवको लागि सार्वजनीक सुनुवाई कार्यक्रम गरेको हो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवफ दिदै पालिका अध्यक्ष विश्वनाथ पौडेलले कृषि, पर्यटन, शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले पालिकालाई सफल बनाउन सबै पालिका बासीहरुको रचनात्मक सहयोग आवश्यक पर्ने बताउदै पालिकाले संचालन गरेका आर्थिक अर्जन गर्ने क्रियाकलाहरुमा सहभागी हुन पालिकाबासीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा चौमासिक प्रगती प्रतिवेदन तथा सेवा प्रवाहको बारेमा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । सुनुवाई कार्यक्रममा नेपाली कांग्रेसका नरेन्द्र पौडेल, नेकपा एमालेका शिव प्रसाद पौडेल, राप्रपाका सुर्यबहादुर ढकाल, पुर्व वडा अध्यक्ष लोकप्रसाद ढकाल, दिनेश अधिकारी, ठानबहादुर सुनार, टिकाराम ढकाल, चुढामणी पौडेल र मोहन गुरुङ लगायतले जिज्ञासाहरु राख्नुभएको थियो ।
पालिका अध्यक्ष विश्वनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी रमेश गोदारले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सिता थापाले राख्नुभएको थियो ।