समाचार
चालु वर्षको ४ महिनामा मालपोत कार्यालय वालिङद्धारा १ करोड ३४ लाख भन्दा धेरै राजस्व संकलन
रेडियो आँधीखोला
वालिङ, ९ मंसिर ।
मालपोत कार्यालय वालिङले चालु आर्थिक वर्ष २०८२÷०८३ को ४ महिनाको अवधिमा १ करोड ३४ लाख ७१ ह्जार ८०९ रुपैँया राजस्व संकलन गरेको छ । कार्यालयले साउन महिनामा ३८ लाख ६८ हजार ४ रुपैँया राजस्व संकलन गरेको थियो भने भदौ महिनामा ३२ लाख ३६ हजार ३८० रुपैँया राजस्व संकलन गरेको हो ।
त्यस्तै अशोज महिनामा कार्यालयले ३५ लाख ३८ हजार ६८५ रुपैँया राजस्व संकलन गर्दा कार्तिक महिनामा कार्यालयले २८ लाख २८ हजार ७४० रुपैँया राजस्व संकलन गरेको हो । तुलनात्मक रुपमा चालु वर्षको पहिलो महिना अर्थात साउन महिनामा कार्यालयको राजस्व धेरै संकलन गरेको छ ।
कार्यालयले साउन महिनामा ६३ रजिष्टे«शनबाट १४ लाख ७२ हजार ९६४ रुपैँया राजस्व संकलन गरेको हो भने २७ नामसारीबाट ७१ हजार ७००, ८ संसोधनबाट ८ हजार, ३ दाखिला खारेजीबाट १ लाख ७९ हजार ५००, ९४ दृष्टि बन्धकबाट ७ लाख १३ हजार, ४ ठाडो रोक्काबाट १२००, ३१ प्रतिलिपिबाट २३ हजार ३०० , ५ घर कायमबाट १० हजार, १ इच्छापत्र दस्तुरबाट ४ हजार, पुँजीगत लाभकरबाट १३ लाख ७९ हजार ९४०, ४ अन्य कित्ता एकीकरणबात ४ हजार, १ घर पातालबाट ४०० सय गरी ३८ लाख ६८ हजार ४ रुपैँया राजस्व संकलन गरेको हो । साउन महिनामा कार्यालयले ११७ फुकुवा र ५ श्रेष्ता कायम गरेको छ।
त्यस्तै भदौ महिनामा ५९ रजिष्टे«शनबाट १६ लाख ६८ हजार ८२० रुपैँया राजस्व संकलन गरेको हो भने २१ नामसारीबाट ५९ हजार १००, ११ संसोधनबाट १० हजार ५००, ३ दाखिला खारेजीबाट ४८ हजार ९५५, ९९ दृष्टि बन्धकबाट ७ लाख ४९ हजार, ५ ठाडो रोक्काबाट १५००, ५४ प्रतिलिपिबाट ३१ हजार १०० , ८ घर कायमबाट १४ हजार, पुँजीगत लाभकरबाट ६ लाख ५१ हजार ३६५, १ अन्य कित्ता एकीकरणबात २ हजार गरी ३२ लाख ३६ हजार ३८० रुपैँया राजस्व संकलन गरेको हो । भदौ महिनामा कार्यालयले १०२ फुकुवा र ६ श्रेष्ता कायम गरेको छ।
कार्यालयले अशोज महिनामा ७४ रजिष्टे«शनबाट २१ लख २६ हजार ६२५ रुपैँया राजस्व संकलन गरेको हो भने ३१ नामसारीबाट ८५ हजार ६००, ८ संसोधनबाट ७ हजार ५००, १ दाखिला खारेजीबाट १८ हजार ५००, ५७ दृष्टि बन्धकबाट ४ लाख ५८ हजार ७००, १४ प्रतिलिपिबाट १० हजार १०० ७ घर कायमबाट १४ हजार, पुँजीगत लाभकरबाट ८ लाख १६ हजार ६६०, १ अन्य कित्ता एकीकरणबात १० हजार गरी ३५ लाख ३८ हजार ६५८ रुपैँया राजस्व संकलन गरेको हो । त्यस्तै कार्यालयले अशोज महिनामा ७४ फुकुवा र १० श्रेष्ता कायम गरेको छ
त्यस्तै कार्तिक महिनामा ७९ रजिष्टे«शनबाट १६ लाख ६० हजार ५३० रुपैँया राजस्व संकलन गरेको हो भने २७ नामसारीबाट ७६ हजार २००, ४ संसोधनबाट ३ हजार ५००, १ दाखिला खारेजीबाट ९ हजार १०, ७३ दृष्टि बन्धकबाट ५ लाख २४ हजार, ३ ठाडो रोक्काबाट ८००, १८ प्रतिलिपिबाट ११ हजार , १ इच्छापत्र दस्तुरबाट ४ हजार, ९ घर कायमबाट १८ हजार, पुँजीगत लाभकरबाट ५ लाख १७ हजार ६००, १ अन्य कित्ता एकीकरणबात १० हजार गरी २८ लाख २८ हजार ७४० रुपैँया राजस्व संकलन गरेको हो ।। कार्यालयले यो महिनामा ९६ फुकुवा र ७ श्रेष्ता कायम गरेको छ ।
भुमिसुधार तथा व्यवस्थापन विभाग अन्तर्गत रहेको कार्यालयको वालिङ शाखाकोे वालिङ, चापाकोट, गल्याङ नगरपालिका र हरिनास, बिरुवा गाउँपालिकाको कोहि वडा, कालिगण्डकी गाउँपालिका र भीरकोट नगरपालिकाको केहि वडा कार्यक्षेत्र हुन् ।
कार्यालयले सार्वजनिक सम्पत्तीहरुको संरक्षण तथा व्यक्तिगत घरजग्गाको प्रचलिन कानुनमा उल्लेख भए अनुसारको रजिष्ट्रेशन, राजिनामा, सट्टापट्टा, संगोलनामा, दर्ताफारी, छोडपत्र, हालैदेखिको बकसपत्र, अन्य बकसपत्र, दानपत्र अंशवण्डा तथा अंश भरपाइ, मानो जोडिएको मानो छुट्टिएको, शेषपछिको बकसपत्र, दृष्टिबन्धकी, भोग बन्धकी, धर्मपुत्र धर्मपुत्रीको सम्बन्धी नामसारी, कपाली तमसुक र करारनामा धितोबन्धक तथा दृष्टि बन्धकलगायतको कार्य गर्दै आएको छ ।