अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

छैटौँ क्रस कन्ट्री दौड पुसमा

 
वालिङ, १० मंसिर । 
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैटौँ क्रस कन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ ।  पुतलीबजार नगरपालिका–९, कोल्मा बहाकोटमा हुने प्रतियोगिता आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उदेश्यले गरिएको हो । ग्रामीण क्षेत्रमै राष्ट्रिय स्तरको प्रतियोगिता गरेर खेलकुद पर्यटनलाई नयाँ ऊर्जा दिने लक्ष्य राखिएको आयोजक संस्थाका महासचिव जीवन पोखरेलले जानकारी दिनुभयो । 
प्रतियोगितामा २५ किमी(२१ वर्ष माथि) खुला, १० किमी महिला, १० किमि (२१ वर्षमुनि) पुरुष, पाँच किमी विद्यालय स्तरीय छात्र तथा छात्रा र लुङ्गी ड्रेसमा ३० वर्ष माथिका महिला (रन फर फन) गरी पाँचविधामा प्रतिस्पर्धा हुने छ ।
२५ किमी खुलातर्फ प्रथमले ५० हजार,  दोस्रोले ४० हजार र तेस्रोले १० हजार रुपियाँ, महिलातथा २१ वर्ष मुनितर्फ प्रथमले २०, दोस्रोले १५ र तेस्रोले १० हजार तथा विद्यार्थी समूहमा छात्र तथा छात्रा दुवैतर्फ प्रथमले आठ, द्धितीयले पाँच र तृतीयले तीनहजार रुपियाँ सहितट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  चार वटा विधामा १० औं स्थानसम्म आउने खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै रन फर फनतर्फ प्रथमले पाँच, द्वितीयले तीन र तृतीयले दुई हजार प्राप्त गर्ने छन् । 
२५ किमि खुलातर्फ सात सय कोल्मा बहाकोट क्षेत्र भित्रका एक जनालाई पाँच हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गर्ने छन् दौड कोल्मा बराहचौरबाट सतीडाँडा, काउले, डाँडास्वाँरा, नाम्चे, काल्खु हुँदै तनहुँको खल्लुबोट, राइपुर, बिसौना, बङ्गालेखोला, सिम्लेस्वाँरा, ओडारे, खुदी, मडकिना भन्ज्याङ हुँदै पुनः बराहचौर फर्कने छ । प्रतियोगितामा यो पटक विदेशीसहित पाँच सय खेलाडी सहभागिता हुने अपेक्षा गरिएको भने १४ लाख चार हजार रुपियाँ खर्च हुने अनुमान गरिएको पोखरेलले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...