समाचार
पाणिनी संस्कृत गुरुकुलमलाई ५० हजार नगद सहयोग
वालिङ, ११ मंसिर ।
कर्मचारी मिलन केन्द्र स्याङ्जाले पाणिनी संस्कृत गुरुकुलमलाई ५० हजार नगद सहयोग गर्ने जनाएको छ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित पाणिनी संस्कृत गुरुकुलमको अनुगमन तथा भेटघाटपछि केन्द्रले सो रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
कर्मचारी मिलन केन्द्रका संरक्षक समेत रहेका प्रम्ुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल र केन्द्रका अध्यक्ष थमनारायण शर्माले अनुगमन तथा निरीक्षण गरेपश्चात गुरुकुलमका लागि सरकारी सहित अन्य निकायबाट पनि सहयोग हुनु पर्ने आवश्यकता औल्याउनुभएको हो । उहाँहरुले गुरुकुलीय शिक्षाको प्रवद्र्धन सहित संरक्षणका लागि सबैको साथ र सहयोग हुनु पर्नेमा जोड दिनुभयो । गुरुकुलमा आवासिय शिक्षाा सहितको अध्ययन अध्यापन गराइदै आएको छ ।
भेटघाटका गुरुकुलमका अध्यक्ष चुडामणी शर्मा, उपाध्यक्ष बिष्णुमाया पौडेल, कोषाध्यक्ष हुमनाथ पौडेल लगायतले गुरुकुलम र आश्रमका बारेमा जानकारी गराउनु भएको थियो । पाणिनी संस्कृत गुरुकुलम संचालक समितिका सहसचिव अमृत लामिछाने सहजीकरण गर्नुभएको थियो ।