अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

अशक्त नागरिकलाई घरमै नागरिकता

 
रेडियो आँधीखोला
वालिङ, ११ मंसिर । 
स्याङ्जा वालिङमा रहेको इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे, वालिङ नगरपालिका–३ का १७ वर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
यस्तै भिरकोट नगरपालिका–५ का ६७ वर्षीय चोकबहादुर थापालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख सरिता चापागाई भारीले जानकारी दिनुभयो ।  नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन कठिनाइ भएको जानकारी आएपछि घरमा पुगेर नागरिकता प्रदान गरिएको उहाँको भनाइ छ । नागरिकको दुःखमा साथ दिने प्रशासनको दायित्व भएकाले नागरिकताबाट पाउने सेवाबाट बञ्चित हुन नपरोस् भनेर घरमा पुगेको प्रमुख भारीले बताउनुभयो । 
नागरिकता प्रदान गर्ने सहज व्यवस्था मिलाउन वडा कार्यालयले समन्वय गरेको वालिङ नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अशक्तलाई सहज रूपमा कार्यालयसम्म लैजान समस्या भएपछि प्रशासनलाई अनुरोध गरिएको उहाँको भनाइ छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...