अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

एमाले महाधिवेसन ः स्याङ्जामा १५ प्रतिनिधिका लागी ८४ जना आकांक्षी

news

 
रेडियो आँधीखोला,
वालिङ १२ मंसिर ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन १५ जनाका लागी ८४ जना आकांक्षी देखिएका छन् । स्याङ्जा एमालेका ८४ जना उम्मेदवारले महाधिवेशन प्रतिनिधिका लागि मनोनयनपत्र दर्ता गराएका हुन् । जसमा क्षेत्र नं. १ मा खुल्लातर्फ २५, महिला ७ जना र युवा १३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं. २ मा खुल्ला १४, महिला ८ र ७ जना युवाले मनोनयन पत्र दर्ता गराएका छन् । युवा भन्नाले ४० वर्ष मुनिका भनिएको  छ। 
संसदीय निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ ४ र क्षेत्र नं. २ बाट ३ गरी ७ जना र अन्य ८ जना भने बिभिन्न क्लष्टरबाट गरी स्याङ्जाबाट जम्मा १५ जना  महाधिवेसनका प्रतिनिधि छानिने छन् । ८ जना क्लष्टर मध्ये क्षेत्र नं. १ र २ मा महिला २÷२ जना, युवा १÷१ जना र दलित जिल्लाभरीबाट २ जना प्रतिनिधि छनोट हुनेछन् ।
सर्बसम्मत प्रतिनिधि छनौट गर्न सीता सुन्दास, सीमा क्षेत्री र मीनप्रसाद गुरुङलाई क्षेत्र नं. १ का सबै उम्मेदवारहरुले लिखित रुपमा अधिकार प्रत्यायोजन गरेका छन् । प्रतिनिधि छनौट सहमतिबाटै जाने प्रतिनिधिहरुको पनि चाहाना भएकाले सहमतिको अन्तिम प्रयासमा रहेको सीता सुन्दासले बताउनुभयो । शुक्रबार बेलुका सम्म प्रतिनिधिहरुको नामावलि सार्वजानिक गरिनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...