समाचार
स्याङ्जामा प्रथम सडक महोत्सव तथा सामुहिक बेल विबाह
रेडियो आँधीखोला,
वालिङ १२ मंसिर ।
नेवाः देय दबू जिल्ला कार्य समिति स्याङ्जाद्धारा आयोजित प्रथम स्याङ्जा सडक महोत्सव र सामुहिक बेल विबाहको बारेमा पत्रकार सम्मेलन गरेको छ । स्याङ्जा सदरमुकाममा आयोजित सम्मेलनमा आउदो माघ २६, २७ र २८ गतेसम्म गरिने दुबै कार्यक्रमलाई सभ्य, भब्यरुपमा सफल बनाउन र महोत्सवका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको हो ।
महोत्सवमा नेवारी लगायत बिभिन्न जातजातीका धर्म, कला, संस्कृति सहितको खानाले महोत्सवमा नँयापन दिने आयोजकको दावी छ । गण्डकी प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रर्वद्धन गर्ने थलोमा रुपान्तरण गरी वस्तु तथा सेवाहरु उपभोक्ता समक्ष पु¥याउने, आन्तरिक एवं बाह्य पर्यटन प्रर्वद्धन गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास र अवसरको खोजी गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
सडक महोत्सवले बढ्दो बसाईसराई रोक्न, आर्थिक गतिविधि चलायमान बनाउन, धार्मिक सहिष्णुता र सामिप्यता कायम गरी आफ्नो संस्कार, परम्परा, संस्कृति, भेषभुषा र पोशाकलाई जिवन्त राख्दै भावि पुस्तालाई उत्पे्ररणा जगाउनका लागी सडक महोत्सवले टेवा पुग्ने अपेक्षा गरिएको छ । सडक महोत्सवमा २० हजार उपभोक्तालाई सडकमा ल्याई स्वस्थकर परिकार चखाउने र ३० देखि ४० लाखको आर्थिक कारोकार हुने अपेक्षा आयोजकको छ ।
प्त्रकार सम्मेलनमा नेवा देय दबूका केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष द्धय ओमप्रकाश शर्मा र प्रकाश डोटेल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, पुतलीबजार नगरपालिका ३ का कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी पुतलीबजार नगरसभापति डा. बसन्त पंगेनी, च्याम्बर अफ कमर्शका ओमप्रसाद पौडेल, पुतलीखेत युवा क्लबका अध्यक्ष रमेश श्रेष्ठ, तमू समाजका अध्यक्ष अनबहादुर गुरुङ लगायतले पहिलो पटक हुन लागेको महोत्सवका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै महोत्सवका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको छ ।
नेवा देय दबूका अध्यक्ष हिक्मत श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष संघ ताम्राकारले स्वागत र सचिव बिष्णुकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।