अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

गौशाला चलाउन सांस्कृतिक कार्यक्रम

news

 
रेडियो आँधीखोला,
वालिङ १३ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिका–८ काफलडाँडा रहेको धुनी शिवालय फूलबारी गुठि गौशाला आश्रमको दिगो व्यवस्थापनका लागी वालिङमा लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । 
धुनी शिवालय गौशालाको आयोजना, इलेक्ट्रिकल एण्ड कनेक्टिङ वेल कम्पनीको मुख्य प्रायोजन र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको सहआयोजनामा चर्चित कार्यक्रम ईन्द्रेणी टिम तथा राष्ट्रिय ख्याती प्राप्त गायक गायिकाहरुको प्रस्तुति सहितको सांस्कृतिक कार्यक्रम शुक्रबार वालिङ खेलमैदानमा गरिएको हो । कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको थियो । 
छाडा चौपाया व्यवस्थापनका उद्देश्यले २०७६ सालमा स्थापना गरिएको गौशालामा अहिलेसम्म १७५ वटा गाईहरु छन् । गौशालालाई व्यवस्थित र दीगो बनाउने लक्ष्यसहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...