समाचार
उपकार सहकारीद्धारा सदस्य शिक्षा
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
उपकार बचत तथा ऋण सहकारी संस्था वालिङ ८ ले सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। श्निबार वालिङ १० मोहोरिया मदिखोलामा कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीका सदस्य तथा स्थानीय गरी ५५ जनाको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त खनालले सहकारीको मुल्य मान्यता र सिद्धान्तका बारेमा जानकारी गराउँदै सहकारीमा बचत गर्ने, ऋण लगिसकेपछि आँफू कसरी उद्यमशीलतामा लाग्नेलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । ८ हजार ५०० सेयर सदस्य रहेको सहकारीले विभिन्न टोलटोलमा पुगेर सदस्य शिक्षा कार्यक्रम गर्दै आएको छ । कार्यक्रम कर्मचारीद्धोय मनिषा अधिकारी र विष्णु तिवारीले व्यवस्थापन गर्नुभएको थियो ।