समाचार
नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा कमल पंगेनी
रेडियो आँधीखोला
वालिङ, १४ मंसिर ।
नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा कमल पंगेनी निर्वाचित हुनुभएको छ । नमुना स्वारेक सहयोगी समाजको ९औँ साधारण सभा तथा चौँथो अधिवेसनले पंगेनीको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको निर्वाचन समिति संयोजक कृष्णप्रसाद पौडेलले बताउनुभयो । समाजको उपाध्यक्षमा पिताम्बर पाण्डे, सचिवमा इन्द्रप्रसाद पराजुली, कोषाध्यक्षमा नगेन्द्र पराजुली, सहसचिवमा राजकुमार विक, सहकोषाध्यक्षमा राधिका अधिकारी र अन्य सदस्यहरु रहेका छन् ।
नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई निर्वाचिन समिति संयोजक पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । साधारण सभा तथा अधिवेसनको उद्दघाटनका अवसरमा वालिङ नगरपालिका वडा नं. १२ का अध्यक्ष डण्डपानी पंगेनीले समाजले स्थापनाकालदेखि नै नमुना तथा रचनात्मक कार्य गर्दै आएको भन्दै समाजको हितका लागी वडाले समेत सहयोग तथा सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा समाजका संरक्षकद्धोय भेषराज पराजुली र नारायण प्रसाद शर्मा, कतार सहयोग समाजका वालिङ ईकाकमिटि अध्यक्ष विष्णु पंगेनी, समाजका कोषाध्यक्ष कमल पंगेनी, समाजसेवी यामलाल शर्मापंगेनीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष खिमानन्द पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत नगेन्द्र पराजुली र संचालन सचिव इन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो । समाजले न्युन शुल्कमा एम्भुलेन्स सेवा प्रदान गर्दै आएको छ भने अशक्त, असाहयहरुका लागी निशुल्क एम्भुलेन्स सेवा प्रदान गरेको छ । समाजले अन्य सामाजिक तथा रचनात्मक कार्य पनि गर्दै आएको छ ।