अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

अव्यवस्थित तार १५ दिनभित्र हटाउन गल्याङ नगरपालिकाको निर्देशन

 
वालिङ, १५ मंसिर । 
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
जथाभावी राखिएका तारहरुले नगरको सौन्दर्यतामा नकरात्मक असर पु¥याइरहेको साथै दुर्घटनाको जोखिम रहेको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि शहरसम्म तारहरु अस्तव्यस्त अवस्थामा छ, अब हामी यसलाई व्यवस्थित गर्छौं ।” सरोकारवालालाई यस्ता तारहरु तत्कालै हटाउन वा व्यवस्थापन गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।
सडकको माथि वा दायाँबायाँ लत्रिएका तारले बजारको सौन्दर्यलाई कुरूप बनाउनाका साथै आगलागी हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको स्थानीयको भनाइ छ । गल्याङले ‘बसौं बसौं लाग्ने गाउँ र सहर समुन्नत तथा समृद्ध गल्याङ नगर’ भन्ने अभियानका साथ बजार व्यवस्थापनको काम सुरु गरेको पालिकाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...