समाचार
सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न
वालिङ, १७ मंसिर ।
स्याङ्जाको वालिङ २मा रोटर्याक्ट क्लब अफ वालिङको आयोजनामा एक दिने किशोरी नेतृत्व तथा सचेतना अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वालिङ २ का वडा अध्यक्ष पोत प्रसाद लम्सालले विद्यालय तथा समुदाय–स्तरमै किशोरी नेतृत्व र सुरक्षा चेतनाका कार्यक्रम विस्तार गर्न आवश्यक रहेको बताउँदै यस प्रकारका कार्यक्रमले व्यवहारिक ज्ञान दिने र विद्यार्थीहरूलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा रोटर्याक्ट क्लब अफ वालिङका अध्यक्ष आयुष्मा काफ्लेले किशोरीहरूलाई आत्मविश्वासी र नेतृत्व सक्षम बनाउन यस्ता प्रशिक्षण आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि स्थानमा हिंड्दा डर, संकोच वा कठिनाइले उनीहरूको बाटो नछेकेस् र आफ्नै अधिकारप्रति सजग, निर्णय लिन सक्षम र समाजलाई दिशा दिन सक्ने ‘अगुवाइ महिला’ बन्ने यात्रा यहींबाट सुरु हुने बताउँदै आजका किशोरीहरू सुरक्षित, सक्षम र स्वाभिमानी बन्ने वातावरण बनाउन निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा अकला आवाज साप्ताहिकका प्रबन्ध सम्पादक ध्रुव गौडेल, रोटरी क्लब अफ वालिङका अध्यक्ष मणि सुवेदी, पुर्व अध्यक्ष सीता पान्डे (डुम्रे), समाजसेवी जैसरा रेग्मी, महिला अगुवा मैना कुमारी अर्याल लगायतले धारणा तथा प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रमको सञ्चालन विना रेग्मीले गर्नुभएको थियो भने कार्यक्रममा वालिङ २ का विभिन्न विद्यालयका छात्राहरूको सहभागीता रहेको थियो ।