अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

अन्तराष्ट्रिय अंपागता दिवसमा ८ कार्यक्रम

news

 
वालिङ, १८ मंसिर । 
एकिकृत सेवा कार्यालय स्याङ्जाले अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जिल्लामा क्रियाशिल अंपाङ्गता भएको व्यक्तिहरुको क्षेत्रमा क्रियाशिल विभिन्न संघसस्था, स्थानीय तह, विद्यालयसँगको सहकार्य, साझेदारी, समन्वयमा कार्यक्रम सम्पन्न गरेको  छ । यस्तै उता स्याङ्जा अंपाग समाजको भवनमा अंपागता भएका व्यक्तिहरुबीच अन्तरक्रिया कार्यक्रम  सम्पन्न गर्नुको साथै साँझमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
आँधोखोला गाउँपालिकामा अंपागता भएका व्यक्तिहरुसँग अन्तरक्रिया र सहायता समाग्री वितरण गरिएको छ । फेदीखोला गाउँपालिकमा पनि सचेनतामूलक विविध कार्यक्रम गरिएको छ ।
यसैबीच अंपागता भएका विद्यार्थीहरु अध्ययन गर्ने विशेष स्रोत कक्षा सञ्चालन भएका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ३ मा रहेको चण्डी आधारभूत विद्यालयमा बहिरा अपांगता भएका विद्यार्थी, वालिङमा रहेको भुम्रे माध्यमिक विद्यालय, गल्याङ नगरपालिकामा रहेको भानुभक्त माध्यमिक विद्यालय, अर्जुनचौपारीमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...