अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

वालिङ र स्याङ्जामा अवैध माछा नष्ट

news

 
रेडियो आँधीखोला,
वालिङ १९ मंसिर ।
स्याङ्जामा अवैध माछा नष्ट गरिएको छ । अखाद्य तथा अवैध रूपमा माछाहरूको विक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र पशु सेवा शाखा वालिङको संयुक्त टोलीले वालिङ र स्याङ्जामा चेकजाँच तथा अनुगमन गरेको हो । अनुगमन टोलीले अवैध रूपमा माछाहरू विक्रिवितरण तथा भण्डारण गरेको फेला पारेको हुँदा बरामद गरी नष्ट गर्नुका साथै पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  
भारतीय नागरिक स्याङ्जामा विगत १०÷१२ वर्ष देखी माछा वेच्दै आएका ३३ वर्षीय राम पुकारगुप्ताले पुतलीबजार १ स्याङ्जा बजार स्थितमा अवैध रूपमा माछाको विक्रिवितरण गरिरहेको अवस्थामा १८ के.जी. वसा प्रजातिको माछाहरू बरामद गरी नष्ट गरिएको हो । त्यस्तै अर्का भारतीय नागरिक डोमा शाहले वालिङ १०  स्थितमा कर्ण बहादुर सार्कीको घरमा संचालन गरेको भकुण्डे माछा पसलमा अखाद्य माछा भेटिएको थियो । पसलमा रहेको अखाद्य जस्तो देखिएको बैखी र पगाम प्रजातिका माछाको नमूना संकलन गरी परिक्षणको लागि पोखरा पठाईएको र उक्त नमूना परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि पसल सिल गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी सागर कार्कीले बताउनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...