अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन

news

 
वालिङ, २१ मंसिर ।
मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत टेलिभिजन उपलब्ध गराएको हो । टेलिभिजन प्रदान गर्दै बैंकका सञ्चालक भरतप्रसाद लम्सालले कार्यालयका लागि टेलिभिजनको आवश्यकता महसुसगरि उपलब्ध गराएको बताउनुभयो । 
कार्यालयमा आउने जो कोहीले पनि प्रतिक्षालयमा बसेर सूचनामूलक श्रब्यदृश्य सामाग्री हेर्न र सुन्न पाउनेगरि सेवाग्राहीलाई सहयोग पुग्ने बताउनुभयो । सोही कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सहयोगप्रति बैंकलाई धन्यवाद ब्यक्त गर्दै सहकार्य गर्दे अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बैकका क्षेत्रीय निर्देशक ऋषिराम ढकाल र प्रहरी निरीक्षक सागर कार्कीले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बिबिध सेवा उपलब्ध गराउदै आएको भन्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...