अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

रणविर जनहित मावि वालिङ्मा संकार शिक्षा

news

 
रेडियो आँधीखोला,
वालिङ २३ मंसिर 
बिश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा रणविर माध्यमिक विद्यालय वालिङ नगरपालिका–१ खहरेमा संस्कार शिक्षा तथा नैतिक शिक्षा विषय लागु भएको छ । विधालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले अहिलेको बर्तमान अबस्थामा नैतिक शिक्षाको आबश्यकता धेरै नै भएको र मानिसहरुमा नैतिकता हराउँदै गएको हुँदा यो विषय धेरै नै आबश्यक रहेको बताउनुभयो । 
विश्व हिन्दु युवा संघको सहकार्यमा विद्यालयमा यी विषयहरुको पठनपाठन हुने र  आगामी दिनमा अन्य बिद्यालय र पालिकाहरुमा पनि यो विषय लागु गराउन आफ्नो ठाउबाट पहल गर्ने कुरा विश्वास व्यक्त गर्नुभयो । संकार शिक्षा विषय कक्षा ६–८ सम्मा अध्ययन विधार्थीलाई अध्ययन गर्नेछन् विश्व हिन्दु युवा संघ स्याङ्जाले बिगत धेरै समय अगाडीबाट नै नैतिक शिक्षा विषय लागु गराउनु पर्ने भन्दै माग उठाउदै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...