अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

महिला पञ्चेबाजा प्रतियोगितामा भीरकोट ६ को एकुवार समूह प्रथम

news

 
रेडियो आँधीखोला
वालिङ, २५ मंसिर ।
स्याङ्जाको भीरकोट नगरपालिकाको खेलमैदानमा बुधबार सम्पन्न महिला पञ्चेबाजा प्रतियोगितामा भीरकोट ६ को एकूवार महिला समूह प्रथम भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सचेतनामूलक कार्यक्रम र गीत तथा पञ्चेबाजाको संगीत मार्फत् महिला हिंसा विरुद्ध आवाज बुलन्द बनाउने उद्देश्यका साथ एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको समन्वयमा प्रतियोगिता संचालन गरिएको हो । 
प्रतियोगितामा राम्चेदेवि उद्यमशिल महिला समूह फेँदिखोला द्धितिय, मातृभुमि आमा समूह पुतलीबजार तृतिय र कालिगण्डकी विर्घा महिला पञ्चेबाजा समूह कालीगण्डकी सान्त्वना भएका छन् । प्रतियोगिताको अवसरमा भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यले समाजका विकास निर्माण देखि हरेक कार्यमा महिलाहरु अब्बल रहेको बताउँदै हिँजो चुलोचौकोमा सिमित महिला दिदिबहीनीहरु आज हरेक क्षेत्रमा शसक्त रुपमा अगाडि बढेको बताउनुभयो । भीरकोट नगरपालिकाले महिलाहरुको आयआर्जन वृद्धि देखि सिप विकास तथा उद्यमशीलताको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख कर्माचार्यले बताउनुभयो । 
कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय कलाकारद्धारा सांगीतिक प्रस्तुतिको साथै महिला अधिकारकर्मीद्वारा सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक तथा सर्जक लोकनाथ सापकोटा, राष्ट्रिय लोक दोहोरी गायिका तारा पौडेल, पञ्चेवाजा विज्ञ तथा लोकदोहरी गायिका रविना गुरुङ्लगायतले सांगीतिक प्रस्तुत गर्नुभएको थियो । यो वर्ष “प्रविधिको सही प्रयोग गरौं,  लैङ्गिक  हिंसा अन्त्य गरौं भन्ने  नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाईएको कार्यालयका प्रमुख जिवन पौडेलले बताउनुभयो । प्रमुख पौडेलका अनुसार एकिकृत सेवा कार्यालय स्याङ्जाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको हो । कार्यक्रममा जनप्रतिनिधि तथा सहभागिले म हिंसा गर्दिन म हिंसा पनि सहन्न भन्ने ऐक्यवद्धता व्यानरमा हस्ताक्षर समेत गरेका छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...