अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अध्यक्षसंग विद्यार्थी कार्यक्रम अन्र्तगत विद्यार्थीको दन्त परिक्षण

news

 
रेडियो आँधीखोला,
वालिङ २५ मंसिर ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा विद्यार्थीहरुको मुख तथा दाँतसम्बन्धी निःशुल्क परीक्षण गरिएको छ । अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत पालिकामा रहेका विद्यालयहरुका सम्पूर्ण विद्यार्थीहरुको मुख तथा दाँतको निःशुल्क परीक्षण गरिएको हो । गाउँपालिकाले चालू आ. व.२०८२÷०८३ को अध्यक्ष सँग विद्यार्थी कार्यक्रम अन्तर्गत मुख तथा दन्त स्वास्थ्य परीक्षण सम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको हो । 
यही मङ्सीर १९ देखि २३ गतेसम्म विद्यालयहरुमै पुगी मुख तथा दन्त स्वास्थ्य परीक्षण गरिएको थियो । बिरुवा गाउँपालिकाको आयोजना र कान्तिपुर डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर तथा वि एम फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । ६ जना चिकित्सक र १ जना जनस्वास्थ्य अधिकृतसहितको टोलीले शिविरमा सेवा दिएका थिए ।
पालिकाका सबै माध्यमिक विद्यालयमा दन्त रोग परीक्षण शिविर सञ्चालन गरिएको र उपचारकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिनुभयो । कार्यक्रम अनुसार विद्यालयहरुमा सञ्चालित शिविरमा मुख तथा दाँतको समस्या देखिएकाहरुका लागि यही २४ र २५ गते उपचार गरिएको अध्यक्ष कुँवरले बताउनुभयो । यहाँबाट पनि हस्पिटल सिफारिस हुनेहरुका लागि  न्यूनतम मूल्यमा उपचारको व्यवस्था हुने उहाँले उल्लेख गर्नुभयो ।
शिविरमा कूल १ हजार ६ सय ७ जनाले परीक्षण गराएका गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गोगनसिं थापाले जानकारी दिनुभयो । स्वास्थ्य शाखा प्रमुख थापाका अनुसार शिविरबाट उपचार गर्नुपर्ने देखिएकाहरुलाई २४ र २५ गते पालिकाको सभाहलमा उपचार गरिएको हो । उपचारबाट कूल २ सय ३० जना लाभान्वित भएका छन् । यसैगरी ९० जनालाई हस्पिटल सिफारिस गरिएको छ । शिविर सञ्चालनबाट विद्यार्थीकासाथै अभिभावकहरुले खुसी व्यक्त गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...