समाचार
पिसजोनमा विज्ञान प्रर्दशनी तथा प्रतिभा प्रष्फुटन
रेडियो आँधीखोला
वालिङ, २७ मंसिर ।
पिसजोन इन्ट्रिगेटेड एजुकेशनल एकेडेमी वालिङ ९ भुम्रेमा विज्ञान प्रर्दशनी तथा प्रतिभा प्रष्फुटन कार्यक्रम गरिएको छ। विद्यालयमा अध्यनरत विद्यार्थीहरुले विज्ञान सम्बन्धी विभिन्न प्रर्दशनीको प्रर्दशन गरेका थिए भने आफ्ना प्रतिभाहरु समेत प्रर्दशन गरेका थिए । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले वालिङमा शिक्षा र स्वास्थ्यमा उल्लेख्य प्रगति गर्न नसकिएको भन्दै यी महत्वपुर्ण पक्षलाई सहि रुपमा अगाडि बढाउन यहाँका नागरिक, शिक्षाप्रेमि, राजनितिक दल, बुद्धिजिवि सरोकारवाला सबैको उत्तिकै भुमिका रहने बताउनुभयो ।
विद्यालय तहबाट यस्ता प्रतिभा प्रष्फुटन गर्ने तथा प्रर्दशनीको अवसर प्रदान गर्नु निकै सकरात्मक पाटो रहेको बताँउदै समग्र यहाँको शैक्षिक विकासका लागी यस्ता खालका कार्यक्रमले थप टेवा पुग्ने प्रमुख खांणले बताउनुभयो । कार्यक्रममा नगरपालिका शिक्षा साखा प्रमुख ख्यामनारायण काफ्लेले विद्यालयले आफ्ना विद्यार्थीको प्रतिभा पहिचान तथा प्रर्दशनीको अवसर दिएकोमा धन्यवा दिँदै यसले अभिभावकहरुलाई समेत थप प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा वडा नं. ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले समय समयमा यस्ता कार्यक्रमको आयोजना गर्दा विद्यार्थीलाई उत्प्रेरणा मिल्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रे अमृतले हरेक हप्तामा विद्यालयले अतिरिक्त क्रियाकलापहरु गराउँदै आएको भन्दै यो कार्यक्रम भने अन्य भन्दा उत्कृष्ट भएको भन्दै यस कार्यक्रम सफल बनाउन सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।