अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुतलीबजारलाई मासुमा आत्मनिर्भर बनाउन कुखुराका चल्ला वितरण

news

 
रेडियो आँधीखोला,
वालिङ २७ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले कुखुराको चल्ला तथा दाना वितरण गरेको छ  । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाका सबै वडामा निशुल्क कुखुराका चल्ला बितरण अभियान अन्र्तगत अहिलेसम्म १३ वटा वडामा निशुल्क चल्ला सहित दाना बितरण गरिसकेको छ ।
चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं. १ देखि १०, वडा नं. १२, १३ र १४ गरी १३ वडामा कुखुराको चल्ला वितरण गरेको छ । अब, वडा नं. ११ मा बाँकी छ । नगरपालिकाले कुखुरा पालक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउदै आएको छ ।
वडामा रहेका विपन्न परिवारलाई लक्षित गर्दै उनीहरुका आयस्तरमा समेत बृद्धि गराउने हेतुले चल्ला र दाना समेत उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । बितरित ती चल्लाले अण्डा र मासु दिने खालका रहेको जनाउदै प्रमुख रेग्मीले किसानका लगाव, परिश्रम र उत्पादन हेरेर आउदा दिनमा पनि यस्ता अभियानजारी राख्ने जानकारी गराउनुभयो ।
कृषि उत्पादनमा प्रोत्साहन, किसानका जीविकोपार्जन तथा आयआर्जनमा थप सहयोग पुर्याउने उद्देश्यले कुखुराका चल्ला सहित दाना उपलब्ध गराइएको प्रमुख रेग्मीको भनाई छ । वडा कार्यालयबाट सिफारिस भएका किसानलाई न्यु ह्य्म्प्सायर प्रजातिका कुखुराका चल्ला बितरण गरिएका हुन । बितरित चल्ला तथा दाना राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराबाट उत्पादन गरिएका पशु चिकित्सक डा. पुष्पराज अधिकारीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...