अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भलिबल खेलको उपाधी बाल कन्या क्लब बिरुवालाई

 
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर । 
साविक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी बाल कन्या क्लब बिरुवाले हात पारेको छ । भिरकोट ३ मा रहेको लाङघाली युवा क्लबले मंसिर पुर्णिमाको अवसर पारेर आयोजना गरेको प्रतियोगिताको उपाधि विरुवाले हात पारेको हो । 
प्रतियोगितामा उपाधिसहित विरुवाले नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  भीरकोट ३ कै शुभकामना युवा क्लब दोस्रो हुँदै ३५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने आयोजक लाङ्ग्घाली युवा क्लब तृतिय हुँदा आयोजक २० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । 
महिला तर्फको खेलमा खाल्टे महिला समूह प्रथम र वालिङ महिला समूह द्धितिय भएका छन् । उनीहरुले क्रमशः नगद २० ह्जार, १० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 
विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका पुर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठले खेलले शारिरिक विकास संगै मानसिक विकास गर्ने बताउँदै खेलकै माध्यमबाट आफ्ना ठाउँको पहिचान समेत हुने बताउनुभयो । कार्यक्रमम ाभिरकोट नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले खेलकुदले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने बताउनुभयो । 
कार्यक्रममा भिरकोट नगर प्रबक्ता दिपेन्द्र केसि, ८ का वडा अध्यक्ष नन्द लाल खनाल, नेपाली काङ्ग्रेस भिरकोट नगर उपसभापति बिस्नु काफ्लेले स्थानीय क्लबले आयोजन ागर्ने यस्ता प्रतियोगिताले खेलाडि उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । क्लबका अध्यक्ष विकास रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम वडा सदस्य प्रेम बहादुर रानाले संचालन गर्नुभएको थियो भने स्वागत धन बहादुर रानाले गर्नु भएको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...