अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भेषजराज साहित्य प्रतिष्ठानको ९१औँ रचनावाचन

news

 
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर । 
भेषजराज साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक रचनावाचनको ९१ औँ शृङ्खला  शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा कवि ८५ वर्षिय निलकण्ठ लम्सालले प्रतिष्ठानले गरेको यस कार्यक्रमले नेपाली साहित्यको विकासमा सहयोग पुर्याएको चर्चा गर्दै आफूलाई पनि कविता सिर्जना गर्ने र अरूलाई सुनाउन पाउने अवसर दिएकोमा खुसी व्यक्त गर्नुभयो । 
कार्यक्रमका अतिथि मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायले कवित्व प्रतिभा सम्पन्न व्यक्तिहरूले मात्र सहज रूपमा साहित्य रचना गर्न सक्ने कुराको जानकारी गराउनुभयो ।उहाँले यस्ता साहित्यिक कार्यक्रमले रसिक पाठक र श्रोतालाई आनन्द प्रदान गर्ने कुरा समेत चर्चा गर्नुभयो । कार्यक्रममा ८१ वर्षीय ठाकुर सुवेदीले कथा सुनाउनु भयो भने अन्य उपस्थित स्रष्टाहरूले कविता र हाइकु वाचन गर्नुभयो ।
वालिङ नगरपालिकाका योजना प्रमुख ढालबहादुर केसीले ’आमाले लगाइदिएको रातो टीकाझ शीर्षको कविता वाचन गर्नुभयो । यसैगरी कविहरू भवीश्वर पंगेनी, बोधराज न्यौपाने, कृष्ण गिरी, कृष्णप्रसाद अर्याल लेखनाथ काफ्ले, अमृत रेग्मी र कवयित्रीहरू सावित्री अर्याल रेग्मी र विष्णु पंगेनी पाण्डेले आआफ्ना कविता वाचन गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...