अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पालिका परिसरमै मधुमेह र रक्तचापको जाँच

news

 
रेडियो आँधीखोला
वालिङ, २८ मंसिर । 
स्याङ्जाको पुतलीबजार नगरपालिकाले मधुमेह (सुगर) र रक्तचापको निःशुल्क परिक्षण सेवा सञ्चालनमा ल्याएको छ । पालिकामा आउने सेवाग्राहीका लागि पालिका परिसरमै आधारभूत स्वास्थ्य परीक्षण थालेको हो ।सेवाग्राहीसँगै जनप्रतिनिधि र कर्मचारीले समेत आफूमा मधुमेह र रक्तचापको छ छैन थाहा पाउन सहज हुने नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
पालिका भित्रका नागरिकको स्वास्थ्य राम्रो बनाउने उद्देश्यले पहिलो चरणमा सुगर र रक्तचापको जाँच थालेको बताउदै रेग्मीले विस्तारै अन्य उपचार समेत गर्ने बताउनुभयो । मधुमेह जाँचका लागि ३० रुपियाँका कीट पालिकाले खरिद गरेको र पालिकामा आउने सेवाग्राहीलाई सोही मार्फत जाँच हुने प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बताउनुभयो । स्वास्थ्य परीक्षण सेवा प्रभावकारी बनाउन स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत ईश्वर थापाले समन्वय र सहजीकरणमा पालिकाले खटाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...