अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

रास्वपाको ¥यापिड एक्सन टीम (RAT) को संयोजकमा लामिछाने

news

 
रेडियो आँधीखोला
वालिङ, २९ मंसिर । 
राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाले प्रशान्त लामिछानेको संयोजकत्वमा ¥यापिड एक्सन टीम (RAT) गठन गरेको  छ ।  जिल्ला भेलाबाट  लामिछाने को संयोकत्वमा  ५९ जना सदस्यीय समिति  गठन गरिएको प्रवक्ता प्रसन्न पौडेलले बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय RAT विभागका सदस्य रामकृष्ण श्रेष्ठले ¥यापिड एक्सन टीमले नागरिक तथा पार्टीको आवश्यकतामा हरबखत तयारी अवस्थामा रहने बताउनुभयो । कार्यक्रममा रास्वपा  नेता  डा.धनन्जय रेग्मी, विश्व गुरुङ, सहकारी विभागका केन्द्रिय सदस्य बोधराज रेग्मी, क्षेत्र न १ का संयोजक उमा फुयाल, जिल्ला सचिव प्रसन्न पौडेल,  बेद प्रसाद दोरङ्गा, जिल्ला कोषाध्यक्ष शान्ता अर्याल ,पुतलीबजार सभापति डा. रीले बसन्त पङ्गेनी लगायतको उपस्थिती रहेको थियो।
निर्वाचन मण्डलको रुपमा गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी राम खनाल, जिल्ला कार्यसमिति सदस्य इ. दिलिप घिमिरे र बेद प्रसाद दोरङ्गा रहनु भएको थियो।
विशेष गरेर जेन जी युवाहरु निर्वाचित हुनुभएको यो टीमको मुख्य उद्देश्य दैविक प्रकोप जस्तै बाढी, पहिरो,भुकम्प  जस्ता प्राकृतिक विपद्का साथै मानवीय सेवा तथा सामाजिक कार्यहरुमा दुर्त रुपमा सहयोग गर्ने टीमको रुपमा काम  गर्नेछ र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा स्वयंसेवकको रुपमा काम गर्ने पार्टीसभापति रुक्मागत भण्डारी विश्वासले जानकारी दिनुभयो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...