अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

पुतलीबजार र अर्जुन चौपारीमा आगलागी

news

 
रेडियो आँधीखोला
वालिङ, २९ मंसिर । 
स्याङ्जाको पुतलीबजार र अर्जुन चौपारीमा आगलागी हुँदा धनमाल जलेर क्षति भएको छ । विद्युत सर्टका कारण आगलागी भइ धनमाल जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ  अर्जुनचौपारी गाउँपालिका –५ काउरेमा कुलबहादुर विकको ढुङ्गा–माटोले बनेको जस्ताले छाएको दुईतले कच्ची घरमा करेन्ट सर्ट भई आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरसहितजस्ताको छानो भएको भान्सा पूर्णरूपमा जलेर नष्ट भएको र भान्सामा राखिएको धान करिब सात मुरी, मकै पाँच मुरी, कोदो नौ मुरी, घरभित्र रहेको चार तोला सुन र नगद एक लाख ६० हजार रुपियाँ जलेर नष्ट हुँदा करिब ३५ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो । 
यस्तै, आइतबार स्याङ्जा सदरमुकाम नजिकै पुतलीबजार नगरपालिका –१० सुम्रेखोलामा पनि विद्युत सर्टकै कारण आगलागी भएको छ । स्थानीय शालिकराम अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा आगलागी भएर क्षति पुगेको प्रहरीको भनाइ छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...