समाचार
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
रेडियो आँधीखोला
वालिङ, १ पौष ।
नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक परेको छ । स्याङ्जाका नेता अर्यालका जेठा छोरा माधव अर्याल ‘मुक्ति’ को सोमबार निधन भएको हो । ३८ वर्षीय माधवको पोखरामा उपचारका क्रममा मृत्यु भयो ।
माधव पछिल्लो समय जापानमा बस्दै आउनुभएको थियो । त्यहाँ जन्डिसबाट गम्भीर बिरामी भएपछि उहाँलाई स्वदेश फर्काइएको थियो । करिब ५ महिनाअघि नेपाल ल्याएर उहाँको उपचार भइरहेको थियो । पोखरासहित विभिन्न ठाउँमा उपचार गराइए पनि उहाँलाई बचाउन सकिएन् ।
मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन छन् । उहाँका बुबा भोजराजसहित आमा भगवती अर्याल, भाइ मिलन र बहिनीहरू मनीषा तथा ममता छन् । बुबा भोजराज नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँले तत्कालीन वालिङ गाविसको अध्यक्ष र वालिङ नगरपालिकाको प्रमुख भएर समेत काम गरिसक्नुभएको छ ।