अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

अर्जुनचौपारीमा बृहत् स्वास्थ्य शिविर हुने

news

 
वालिङ, ३ पौष । 
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो । गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा हुने शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोली खटिने छ ।
शिविरमा मुटु तथा मिर्गौलासम्बन्धी समस्यासहित विभिन्न रोगको जाँच र उपचार सेवा उपलब्ध गराइने र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिने फाउन्डेसनले जनाएको छ । जनरल फिजिसियनमार्फत सबै प्रकारका रोगको प्रारम्भिक जाँच गरिनेछ भने इसिजी र अन्य आवश्यक प्रयोगशाला परीक्षणहरू पनि निःशुल्क गरिने व्यवस्था गरिएको छ ।
शिविरमा महिलाका लागि पाठेघरको क्यान्सर जाँच, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रेको निःशुल्क उपलब्ध हुनेछ । जटिल स्वास्थ्य समस्या देखिएर शिविरमार्फत रिफर गरिएका बिरामीलाई गण्डकी मेडिकल कलेज पोखरामा औषधीमा पाँच प्रतिशत र उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिने फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...