अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा

news

 
रेडियो आँधीखोला
वालिङ, ४ पौष । 
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध सालको काठसहित एक मिनि ट्रक नियन्त्रणमा लिएको छ । आँधिखोला गाउँपालिका सेतिदोभानबाट पोखरातर्फ लैजाँदै गरेको अवस्थामा काठ र ग १ ख ६३८६ नम्बरको मिनि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।
मिनी ट्रकमा साल जातको काठको तयारी ढोकाको चौकोस ४ थान तथा झ्यालको चौकोस ४ थान फेला परेको हो, जसको परिमाण १६ दशमलव ०६ क्यु फिट रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो । उहांका अनुसार काठ, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...