अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकार सहकारीको बायँटारी सेवा केन्द्रको साधारण सभा

news

 
रेडियो आँधीखोला
वालिङ, ४ पौष । 
वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा जारी रहेको छ । संस्थाको कार्यक्रम अनुसार विहिबार बायँटारी सेवा केन्द्रमा इकाइ साधारण सभा गरिएको छ । कार्यक्रममा अध्यक्ष यमकान्त खनाल, उपाध्यक्ष यज्ञप्रसाद अधिकारी, कोषाध्यक्ष दुर्गा न्यौपाने र  लेखा समिति सदस्य सृजना सिग्देलले आफ्ना प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो । 
त्यस्तै आज ४ गते सदस्य सम्पर्क कार्यालय वालिङ– ७ को केवरे र भोली ५ गते वालिङ सेवाकेन्द्रमा इकाई साधारणसभा गरी ६ गते वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिनुभयो ।
२०५० सालमा २७ जनाले रु.२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थामा गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ । सहकारीले ४ वटा सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ भने जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई समेटेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...