अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङको सार्वजानिक सुनुवाई, कृषिलाई प्राथामिकता दिनेदेखि शुसासनको पक्षमा उठ्यो आवाज

news

 
रेडियो आँधीखोला
वालिङ, ४ पौष । 
वालिङका नागरिकहरुले कृषि तथा स्थानीय उत्पादनलाई प्राथामिकता दिनुपर्नेमा जोड दिएका छन् । नगरपालिकाले आयोजना गरेको प्रथम चौमासिक सार्वजानिक सुनुवाईमा वालिङ १ का मोहनप्रसाद रेग्मीले हरेक वर्ष आयोजना गरिने महोत्सवले यहाँका स्थानीय कृषि उत्पादनलाई कसरी प्रर्वद्धन गरिरहेको छ भन्ने विषयमा सबैले मनन गर्नुपर्नेमा जोड दिनुभएको छ । 
उहाँले व्यापारिक महोत्सवमा यहाँका पैसा बाहिर जाने मात्रै देखिएको भन्दै वालिङको पहिचान कसरी बनाउन सकिन्छ भन्दै प्रश्न गर्नुभयो । अनुगमन गर्ने निकाय जनप्रतिनिधि नै आँफै ठेकेदार हुँदा यसले जनतालाई पार्ने प्रभावका विषयमा उहाँको प्रश्न थियो । त्यस्तै पत्रकार जोगराज पाठकले हचुवाका भरमा योजना निर्माण गर्दा भाषणमा मात्रै सिमित रहेको भन्दै वालिङको परिवेश र समयसापेक्ष गर्न सक्ने योजनाहरु निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । 
त्यस्तै वालिङ २ का दामोदर रेग्मीले शुशासनको आवाज उठाउँदा सुरक्षामा खतरा आउने भन्दै जनप्रतिनिधि र कर्मचारी मिलेर उपभोक्ता समिति गठन गर्ने परिपाटी वालिङमा रहेको भन्दै त्यस्ता योजना कसरी नागरिकमैत्रि हुन्छ भन्दै प्रश्न गर्नुभएको थियो  । त्यस्तै फूल कृषक प्रकाश डुम्रेले वालिङमा एनजिओ आईएनजिओको लगानी यहाँका जनप्रतिनिधि र पार्टीका कार्यकर्ता भर्ती गराउने थलो भएको भन्दै कृषिलाई किन विषेश प्राथामिकता दिईएको छैन भन्दै आक्रोस व्यक्त गर्नुभयो । विभिन्न समयमा गरिएको सार्वजानिक सुनुवाईमा उठेका जिज्ञासा र समस्याको समाधान नगरपालिकाले गर्न नसक्दा नागरिकमा नैरास्यता छाएको डुम्रेको गुनासो छ । 
कार्यक्रममा नागरिकको जिज्ञासाप्रति बोल्दै नगरप्रमुख कृष्ण खांणले नागरिकका असिमित आकांक्षाहरु सिमित बजेटले पुरा गर्नुपर्ने विडम्बना रहेको बताउँदै कुनै पनि बहानामा नागरिकको चाहाना विपरित रुपमा गए जनप्रतिनिधिहरुले काम गरेको भए क्षम्य नहुँने बताउनुभयो । विकास निर्माणका काममा कनुै विषयमा भेदभाव र नागरिक हित विपरित गएमा नागरिकको कठघरामा जानुपर्ने नगरप्रमुख खांणले बताउनुभयो । 
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नगरपालिकाको कुल बजेटमा प्रथम चौमासिकको अवधिमा २० प्रतिशत खर्च गरिएको बताउनुभयो । जसमा आर्थिक विकासमा ४.२६ प्रतिशत, सामाजिक विकासमा २६.६९ प्रतिशत, पुर्वाधार विकासमा ११.१४, सुशासन तथा अन्तर सम्बन्धमा ११.३१, कार्यालय संचालनमा २६.३२ प्रतिशत बजेट खर्च भएको विवरण सुवेदीले प्रस्तुत गर्नुभएको थियो । बजेटको प्रकृति अनुसार चालुमा २३.७६ प्रतिशत र पुजीगतमा १३.६२ प्रतिशत बजेट खर्च भएको हो । कार्यक्रममा सुवेदीले नगरपालिकाले प्रथम चौमासिक अवधिमा गरेका कार्यविवरण र प्रगतिका विषयमा प्रकाश पार्नुभएको थियो । 
कार्यक्रममा नेपाली कांगे्रसका नगरसभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगरअध्यक्ष शोभाकान्त पौडेल, राप्रपाका नगर अध्यक्ष युक्तप्रसाद तिवारी, दलित समुदायको परम्परागत सिप तथा कला विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपाल, वालिङ साना सहरी खानेपानी संस्थाका अध्यक्ष विद्या श्रेष्ठलगायतले नगरपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको विषयमा जानकारी गराउने कार्यक्रम सार्वजानिक सुनुवाईमा नागरिकको चासो किन कम भएको छ भन्ने विषय समिक्षाको विषय भएको बताउनुभयो । उहाँहरुले वालिङको विगतको गरिमा र पहिचानलाई कायम राख्दै थप गतिशिलताका कामहरुप्रति नगरपालिका अगाडि बढ्नुपर्ने सुझाउनुभएको थियो । 
कार्यक्रम नगरप्रमुख कृष्ण खांणको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन नगरपालिका प्रेस सल्लाहकार शुसिल सुवेदीले गर्नुभएको थियो । कार्यक्रम प्रेस दैनिक डट कम र वालिङ टेलिभिजनको सहजीकरणमा गरिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...