अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकारको ३ सेवा केन्द्र र १ सदस्य सम्पर्क कार्यालयको इकाई साधारण सभा सम्पन्न

news

 
रेडियो आँधीखोला,
वालिङ ४ पौष ।
गण्डकी प्रदेशकै प्रतिष्ठित संस्था मध्येको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औं वार्षिक साधारणसभा अन्र्तगत ३ सेवा केन्द्र र एक सदस्य सम्पर्क कार्यालयको ईकाइ साधारण सभा सम्पन्न भएको छ । वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवाकेन्द्र र एकवटा सदस्य सम्पर्क कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थाको शुक्रबार वालिङ ७ को केवरेमा रहेको सदस्य सम्पर्क कार्यालयको साधारण सभा गरेको हो । 
ईकाइ साधारण सभा अन्र्तगत भोली वालिङ सेवाकेन्द्रमा इकाई साधारणसभा गरी आईतबार ६ गते वालिङमा इकाई प्रतिनिधीहरुको उपस्थितिमा ३३ औं वार्षिक साधारणसभा सम्पन्न गरिने संस्थाका अध्यक्ष यमकान्त खनालले जानकारी दिनुभयो । केँवरेमा गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष यमकान्त खनाल, उपाध्यक्ष यज्ञ प्रसाद अधिकारी, कोषाध्यक्ष दुर्गा न्यौपाने, लेखा संयोजक पर्शुराम लम्साल, महिला परिचालन उपसमिति संयोजक तारा तिवारी, महाप्रबन्धक कृष्णप्रसाद पंगेनीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रममा संस्थाका सल्लाहकार राजेन्द्र गैह्रेले सहकारीले आफ्नो निति र सिद्धान्तअनुसार अगाडि बढेको भन्दै सदस्यहरुलाई उत्पादन तथा उद्यमशीलतामा अभिप्रेरित गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष पाण्डुकुमार थापा, सदस्य राजकुमारी गुरुङ, महिला परिचालन उपसमिति सदस्य लक्ष्मी राना, सेयर सदस्य 
गिरमान गुरुङलगायतले शुभकमना व्यक्त गर्नुभएको थियो ।  कार्यक्रम सदस्य सम्पर्क कार्यालय संचालन उपसमिति संयोजक ङनप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । 
२०५० सालमा २७ जनाले रु।२७ सय पूँजीबाट सुरु भएको सहकारीमा अहिले महिला ४ हजार ३ सय ३४, पुरुष ४ हजार ८६ जना र अन्य १३ गरी कूल ८ हजार ४ सय ३३ जना शेयर सदस्य छन् । संस्थाले गएको असार मसान्तसम्म ७ करोड ८९ लाख ३४ हजार ५ सय शेयर पुँजी रहेको छ । यसैगरी ८३ करोड २२ लाख ७७ हजार ९ सय ५४ रुपैयाँको कारोवार गरेको संस्थाका अध्यक्ष खनालले उल्लेख गर्नुभयो । ६६ करोड ९९ लाख ८३ हजार ४ सय ७९ रुपैयाँ निक्षेप रहेको सहकारीले कूल ५१ करोड ४९ लाख ९ हजार ६ सय ५२ लगानी गरेको छ । संस्थाले जिल्लाका ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी ७ वटा पालिकालाई कार्यक्षेत्र बनाएको  छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...