अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ

news

 
वालिङ, ५ पौष । 
जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ परेका छन् । बुधबार राति करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २६ वर्षीय एक युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियार रहेका छन् । परियारले ती महिलालाई बुधबार राती मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरी फरार भएका थिए । उनलाई खोजतलासका क्रममा लुकिछिपी बसेको अवस्थामा बिहीबार साँझ फेदीखोला गाउँपालिका–२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।
पक्राउ परेका परियारलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई जबरजस्ती करणी मुद्दामा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...