अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

अर्जुनचौपारीका अध्यक्ष तिवारी जेसीआई यूथ अवार्डबाट सम्मानित

news

 
वालिङ, ६ पौष । 
स्याङ्जा जिल्ला स्थित अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी जेसीआई (जुनियर च्याम्बर इन्टरनेशनल) यूथ अवार्डबाट सम्मानित हुनुभएको छ । युवामैत्री नेतृत्व, नवप्रवर्तनशील सोच र स्थानीय तहमा देखाएको प्रभावकारी कार्यसम्पादनको कदर गर्दै जेसीआई नेपालले ५२ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरेको हो । जेसीआई नेपालले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याएका युवालाई सम्मान गर्दै आएको छ ।
यसअघि पनि तिवारी चर्चित अनलाइन सञ्चारमाध्यम अनलाइनखबरद्वारा प्रकाशित ‘४० मुनिका ४०’ सूचीमा सूचीकृत भई सम्मानित भइसक्नुभएको छ । 
जेसीआई यूथ अवार्डमार्फत प्राप्त सम्मानले स्थानीय तहमा युवाको नेतृत्व, नवीन सोच र प्रतिबद्धताबाट दिगो विकास सम्भव छ भन्ने सन्देश दिएको अध्यक्ष तिवारीले बताउनुभयो । उहाँले यस उपलब्धिलाई अर्जुनचौपारी गाउँपालिकावासीले गौरवका रूपमा लिएको र यसले अन्य युवालाई पनि सार्वजनिक सेवामा सक्रिय हुन थप प्रेरणा दिएको उल्लेख गर्नुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...