समाचार
मितेरी बचत तथा ऋण सहकारी संस्था वालिङको १३औँ साधारण सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ६ पौष ।
मितेरी बचत तथा ऋण सहकारी संस्था वालिङको १३औँ साधारण सभा शनिबार वालिङ १० को बैडीमा वनभोज कार्यक्रम सहित सम्पन्न भएको छ । साधारण सभाको जेष्ठ सेयर सदस्य आत्मराम पौडेलले उद्दघाटन गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य प्रेमनारायण भण्डारी, पत्रकार मुक्तिप्रसाद न्यौपाने, वालिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सिता पाण्डेडुम्रेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष टेकलाल खनाल, कोषाध्यक्ष शंकर डुम्रेले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वगत उपाध्यक्ष शंकर खनाल संचालन सचिव शेषकान्त कंडेलले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक शालिकराम पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वार्शिक १४ करोडको कारोबार गरेको जानकारी गराउनुभएको थियो । संस्थामा ४९२ जना सेयर सदस्य रहेका छन् ।