समाचार
स्याङ्जा सुधार प्रयास यात्रा सर्मपण स्याङ्जाका लागी पत्रकार सम्मेलन
रेडियो आँधीखोला
वालिङ, ९ पौष ।
स्याङ्जाको चापाकोट २ का एक युवाले पदयात्रा गर्ने भएका छन् । चापाकोट २ का २७ वर्षीय युवा सागर थापाले स्याङ्जाको सुधार प्रयास यात्रा सर्मपण नाम दिएर यात्रा शुरु गर्नुहुने भएको हो । मंगलबार वालिङमा पत्रकार सम्मेलन गरी थापाले यही पुस १८ गतेदेखि स्याङ्जाका विभिन्न ठाउँहरुमा सचेतनाका लागी पदयात्रा गर्ने बताउनुभयो ।
विषेश गरेर आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा कृषि, उद्योग, मेडिकल कलेज, खाद्यान्नको महंगी नियन्त्रणका विषय उठान गर्नेलाई साथ दिदा राम्रो हुने थापाले बताउनुभयो । कार्यक्रममा पत्रकारहरुले थापाको यात्रा सफलताको कामना गरेका थिए ।