अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

पुर्णामृत भवानी माविको ६३औँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ९ पौष । 
पुर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० फूलबारीको ६३औँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्शिकोत्सव विविध कार्यक्रम गरी मनाएको हो । कार्यक्रमको उद्दघाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपति तिर्थराज खनियाले सिपमुलक शिक्षा नै आजको आवश्यकता रहेको बताउनुभयो । विदेशमा रहेका विद्यालयहरुले सिपमुलक शिक्षालाई प्राथामिकतामा राखेर अगाडि बढेको उदाहरण दिदै उचित शिक्षा नितिका कारण नै नेपालका विद्यार्थीहरु वैदेशिक अध्ययनमा आर्कषित भएको खनियाले बताउनुभयो । पढाईसंगै आर्थिक उपार्जन गरी परिवारलाई पैसा पठाउने अन्तराष्ट्रिय शिक्षाको पद्दति रहेको बेला नेपालमा भने सैद्धान्तिक विषयमा मात्रै केन्द्रित हुँदा यहाँको शैक्षिक प्रणाली कमजोर हुँदै गएको उहाँले बताउनुभयो । 
मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले देशमै रोजगारीको सृजना नहुँदा विदेशिनुपर्ने बाध्यता रहेको बताउँदै शिक्षालाई व्यवहारिक र सिपमुलक बनाउनुपर्नेमा उहाँको जोड छ । स्याङ्जा जिल्लाको हकमा सामुदायिक विद्यालयहरुमध्ये पुर्णामृत माविले प्राविधिक शिक्षालाई प्राथामिकता दिएर अगाडि बढेको बताउँदै अबको शिक्षामा जीवन जिउने कला र सिपमुलक हुनुपर्ने लम्सालले बताउनुभयो । कृषिमा पुर्ण संभावना बोकेको नेपालमा कृषि क्षेत्रबाट धेरै रोजगारीको सृजना गर्न सकिने बताउँदै कृषिमा नयाँ आयाम थप्ने उद्देश्यले मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको बताउनुभयो । 
कार्यक्रममा विद्यालयका शिक्षक विष्णुप्रसाद अर्याल, विद्यार्थीहरु सिमरन न्यौपाने र रस्मी भण्डारीलगायतले आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक लम्सालले विद्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयको गत वर्षको ३ करोड ८९ लाख ३३ हजार ३०७ रुपैँया र ६ करोड ३२ हजार ८५४ रुपैँयाको चालु वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १० का अध्यक्ष सुनिल खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद पंगेनी र संचालन शिक्षक अर्जुन तिवारीले गर्नुभएको थियो । २०१९ सालमा स्थापना भएको विद्यालयमा हाल ८३५ जना विद्यार्थी अध्यनरत छन् । कक्षा ९ र १० मा बाली विज्ञान विषयको अध्ययन हुने विद्यालयमा स्याङ्जा सहित पर्वतका विद्यार्थी समेत अध्ययनरत छन् । विद्यालयमा ५० जना विद्यार्थीले आवसिय अध्ययन गरिरहेका छन् । कार्यक्रममा विद्यार्थीहरुले योग, नृत्य, गित तथा विज्ञान प्रर्दशनी, कराँतेका विभिन्न कलाहरु देखाएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...