अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ १ मा आँखा शिविर

news

 
रेडियो आँधीखोला,
वालिङ १० पुस ।
वालिङ नगरपालिका वडा नं. १ मा आँखा परिक्षण शिविर गरिएको छ । “स्वस्थ आँखाका लागी नियमित जाँच गरौँ” भन्ने नाराका साथ वालिङ नगरपालिकाको आयोजना, हिमालय आँखा हस्पिटल पोखराको प्राविधिक सहयोग र आई केयर फाउण्डेसनको विषेश सहयोगमा विहिबार वडा नं. १ मा शिविर गरिएको हो । नगरप्रमुख कृष्ण खांण, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी र वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङको आँखा परिक्षण गरेर शिविरको उद्दघाटन गरिएको थियो । 
शिविरमा ३५० जनाले आँखा परिक्षण गरेका छन् । नागरिकका लागी स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागी विभिन्न समयमा आँखा तथा दन्त शिविर, विषेशज्ञ सहितको शिविरहरु वडामा आयोजना गर्दै आईएको वडा अध्यक्ष तथा नगरप्रवक्ता गुरुङले बताउनुभयो । नागरिकको स्वास्थ्यप्रति वडा कार्यालय निकै सजग रहेको भन्दै स्वस्थ, सचेत तथा सक्षम नागरिक वडाको मुख्य प्राथामिकता रहेको अध्यक्ष गुरुङले बताउनुभयो । शिविरमा वडा नं. १, २, ३, ६, ८ का नागरिकले सेवा लिएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...