अहिले तरंगमा

केहि छिनमा

समाचार

त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी वालिङ १ को १७औँ साधारण सभा

news

रेडियो आँधीखोला,
वालिङ १० पुस ।
त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी वालिङ १ को १७औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खांणले कृषकलाई कृषिमा लाग्न प्रेरित गर्नका लागी नगरपालिकाले अनुदानका कार्यक्रमदेखि प्राविधिक सहयोगहरु गर्दै आईरहेको बताउनुभयो । 
नगरलाई समृद्ध बनाउन कृषिक्रान्ती नै आवश्यक रहेको भन्दै त्रियाशी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले आफ्ना सदस्यलाई उत्पादनमा लाग्न अभिप्रेरित गर्दै आएको बताउनुभयो । कार्यक्रममा पुर्व सांसद मोहन रेग्मी, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, संस्थाका सल्लाहकार जिवलाल काफ्ले, संस्थाका पुर्व अध्यक्ष तुल्सीराम ढुंगाना, कृषि विज्ञ द्रोण काफ्ले, वडा सदस्य शोभाकान्त काफ्लेलगायतले बोल्नुभएको थियो । 
कार्यक्रममा कृषकहरु ज्ञानुमाया काफ्ले र रुक्मागत रेग्मीले गत वर्ष नगरपालिकाले तरकारी उत्पादनमा प्रतिकेजी ५ रुपैँया अनुदान दिएको भन्दै यो कार्यक्रमलाई निरन्तरता दिन माग गर्नुभयो । कार्यक्रममा अध्यक्ष अर्जुनप्रकाश अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समिति संयोजक चक्रबन्धु रेग्मीले लेखा प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
कार्यक्रम अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष सुर्यप्रसाद काफ्ले र संचालन सचिव जैसरा रेग्मीले गर्नुभएको थियो ।  ६०४ जना सेयर सदस्य रहेको सहकारीले ७० प्रतिशत कृषि र ३० प्रतिशत बचत तथा ऋणको कारोबार गर्दै आएको संस्थाका व्यवस्थापक युवराज रेग्मीले जानकारी दिनुभयो । 
संस्थाले आफ्ना सदस्यले उत्पादन गरेका उपज खरिद गरी सिधै सदस्यको खातामा भुक्तानी पठाउने गरेको छ भने आस्क नेपालको सहयोगमा ५० पिसमा भर्मी कम्पोष्ट गड्यौले मल उत्पादन गर्दै आएको छ । त्यस्तै आईडी नेपालको एग्री पास परियोजना अन्र्तगत २०० सदस्यले प्रविधिको उपयोग गरी आफ्ना समस्या राख्ने, छलफल गर्ने ज्ञान आर्जन गर्ने गर्दै आएका छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...