समाचार
पुस पन्ध्र तथा तमू ल्होसारको अवसरमा भलिबल प्रतियोगिता
रेडियो आँधीखोला
वालिङ, १२ पौष ।
पुस पन्ध्र तथा तमू ल्होसारको अवसरमा वालिङ १ रामबाच्छामा भलिबल प्रतियोगिता शुरु भएको छ । तमु ह्युँला छोँज धि युवा परिवार वालिङ १ रामबाच्छाले तमुहरुको महान पर्व ल्होसारको अवसरमा वडा स्तरीय तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खांणले तमु समुदायको पवित्र पर्व ल्होसारको अवसरमा आयोजना गरिएका प्रतियोगिता सफलताको कामना गर्दै संविधानमा प्रदत्त जनजाति समुदायको हकअधिकार अक्षरस कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिकले जिताएर पठाउनुभएका जनप्रतिनिधिहरुले अपेक्षाकृत प्रगति गर्न नसकेपनि सिमित स्रोत र साधनका बाबजुद वालिङलाई समृद्ध बनाउने प्रयास गरिएको प्रमुख खांणले बताउनुभयो । खेल र खेलाडिको विकासका लागी नगरपालिका प्रतिवद्ध रहेको भन्दै नयाँ पुस्ताले भाषण, शासन र आसन मन नपाराईरहेको अवस्थामा नागरिक मैत्रि काममा नगरपालिका अगाडि बढेको प्रमुख खांणको भनाई थियो ।
पुरुष तर्फ १४ टिम र महिला तर्फ ६ टिम सहभागि रहेको प्रतियोगितामा पुरुषतर्फ प्रथमले १ लाख, द्धितियले ५० हजार, तृतियले २५ हजार, सान्त्वनाले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले २५ हजार, द्धितियले १५ हजार, तृतियले १० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत उत्कृष्ठ खेलाडिहरुलाई नगद ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।