अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

 
रेडियो आँधीखोला
वालिङ, १२ पौष । 
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरू गरिएको सम्झनामा नेपालमा प्रत्येक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । यसै सन्दर्भ पारी एकिकृत सेवा कार्यालय स्याङ्जाले जिल्लामा रहेका रहेका दुई वटै बृद्ध आश्रम श्री राधा दामोदर आरोग्य आश्रम केलादी चापाकोट र शिव पार्वती वृद्धाआश्रममा विभिन्न खाद्य बस्तुहरु वितरण गरेर पाँचौ राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । श्री राधा दामोदर आरोग्य आश्रम केलादीमा ३२ जना र शिव पार्वती वृद्धाआश्रममा २६ जना जेष्ठ नागरिक रहनुभएको छ ।
कार्यक्रममा सरोकारवालहरुले जेष्ठ नागरिकको योगदान र अनुभवको कदर गर्दै समाजमा उनीहरूको महत्वलाई उजागर गर्नुपर्ने, जेष्ठ नागरिकको ज्ञान र सिपलाई राष्ट्र हितमा जोड्नुपर्ने कुरामा जोड दिएका थिए । ज्येष्ठ नागरिक दिवसले ज्येष्ठ नागरिकहरूको सम्मान, सामाजिक सुरक्षा र अधिकारको महत्वलाई उजागर गर्दै उनीहरुको जीवन सहज र मर्यादित बनाउन समाज र सरकारले सामूहिक प्रयास गर्नुपर्ने एकिकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेल बताउनुहुन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...