अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

मेयरसँग ज्येष्ठ नागरिक कार्यक्र अन्र्तगत भीरकोटमा स्वास्थ्य शिविर

 
रेडियो आँधीखोला
वालिङ, १२ पौष । 
मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत भीरकोट नगरपालिकाले स्वास्थ्य शिविर कार्यक्रम शुभारम्भ गरेको छ । “हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान” भन्ने नाराका साथ ज्येष्ठ नागरिक दिवस–२०८२ को अवसरमा मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत भीरकोट ६ खिलुङ देउराली स्वास्थ्य चौकी परिसरमा स्वास्थ्य शिविर शुक्रबार गरिएको हो । 
कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जेष्ठ नागरिक समाजको मार्गनिर्देशक भएको भन्दै उहाँहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै वडा तथा टोलस्तरमा जेष्ठ नागरिक लक्षित स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो ।
स्वास्थ्य शिविरमा ५६ जना ज्येष्ठ नागरिकहरूले प्रेसर, सुगर, दम तथा हाडजोर्नीसम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा लिएका थिए । शिविरमार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा नगर उप–प्रमुख भगवती रेग्मील्े अर्यालले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरूमा सकारात्मक ऊर्जा र आत्मसम्मान बढाउने बताउनुभयो । नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र के.सीले जेष्ठ नागरिक अनुभवको खानी भएको भन्दै उहाँहरुको अनुभव र सिपलाई पुस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।  ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम नगरका अन्य वडाहरुमा पनि क्रमश सञ्चालन गर्दै लगिने नगरपालिकाले जनाएको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...