समाचार
अर्मादी बचत तथा ऋण सहकारी संस्था वालिङ २ को १३औँ साधारण सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १३ पौष ।
अर्मादी बचत तथा ऋण सहकारी संस्था वालिङ २ को १३औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको जेष्ठ सेयर सदस्य इश्वरीप्रसाद रेग्मीले गर्नुभएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष माधवप्रसाद रेग्मी, पुर्व कोषाध्यक्ष सिता अधिकारीले आफ्ना शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष घनश्याम अधिकारी, कोषाध्यक्ष बाटुली मगर राना, सचिव पदमलाल रेग्मी, ऋण उपसमिति संयोजक नारायणप्रसाद काफ्ले, व्यवस्थापक किशोरप्रसाद रेग्मीले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सेयर सदस्यहरुका सन्तति मध्ये ३.५० जिपिए भन्दा धेरै जिपिए प्राप्त गर्ने ४ जना सुधा रेग्मी, यशोदा काफ्ले, सन्जु विक सुनार र हरिकला सिंजाली सम्मानित हुनुभएको छ । त्यस्तै व्यवस्थापक किशोरप्रसाद रेग्मी, बजार प्रतिनिधि पार्वती चापागाँई, विनियम संसोधन तथा पुर्नलेखन कार्यविधि निर्माण उपसमिति संयोजक माधवप्रसाद रेग्मी, सदस्य शिवलाल गौतमलाई पनि संस्थाले सम्मान गरेको छ । कार्यक्रम अध्यक्ष घनश्याम अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष बाटुली मगर राना र धन्यवाद उपाध्यक्ष थानेश्वर रेग्मीले गर्नुभएको थियो ।